१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत पेश गरिँदै – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत पेश गरिँदै

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत पेश गरिँदैछ ।

नागरिकता प्रकरणमा छानविनका लागि मंगलबार साँझ काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै पक्राउ गरिएका उनलाई मंगलबार नै प्रहरीले जनकपुरधाम ल्याएका थिए ।

Nepal Himalayas Tours and Travel

अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै प्रहरीले उनलाई धनुषा ल्याएको हो । उनलाई बुधबार बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनले भने, ‘उहाँलाई आजै अदालत पेश गर्छौं ।’

अध्यक्ष सिरोहियाले फरक–फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको आरोपमा उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अध्यक्ष सिरोहिया फक्राउको विभिन्न मिडिया सम्बन्धी संघस्संस्थाहरुले विरोध जनाएका छन् ।

उनले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको उजुरी जिल्ला प्रशासन कार्यालय धनुषामा परेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button