८ वर्षको अन्तरालमा कति थपियो प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?
२०७३ सालमा नदेखिएको १४ कट्ठाको घरजग्गा २०८१ मा पैत्रिक सम्पत्तिमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । केही दिनअघिको मन्त्रिपरिषद्को निर्णयअनुसार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
सार्वजनिक विवरण अनुसार, मृत्यु भइसकेकी पत्नी सीता दाहालको नाममा भरतपुर महानगरपालिका १४ मा १४ कट्ठा जमिनमा घर र पार्किङ रहेको उल्लेख छ । त्यसको प्राप्तिको स्रोत पैत्रिक उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डले यसपटक पैत्रिक भनेर देखाएको घरजग्गाको सो विवरण यसअघि २०७३ सालमा प्रधानमन्त्री हुँदा भने उल्लेख नै गरेका थिएनन् ।
२०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री बन्दा सीता दाहालकै नाममा भरतपुरमै उनको १ कट्ठा जमिन रहेको विवरण सार्वजनिक भएको थियो । त्यसलाई पनि प्राप्तिको स्रोतको रुपमा पैत्रिक नै राखिएको थियो । यसपटक पनि त्यो निरन्तर नै राखिएको छ।
२०७३ सालपछि प्रधानमन्त्री प्रचण्डसँग सुन भने दुई तोला बढेको देखिएको छ । त्यतिबेला ३ तोला रहेको सुन यसपटक ५ तोला पुगेको सम्पत्ति विवरणमा उल्लेख छ ।
त्यस्तै उनीसँग बैंकमा २५ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ। यसअघि नगद रकमबारे केही उल्लेख थिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । त्यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री भएका थिए ।
२०७३ सालको विवरण: