२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने - Nepal Rastra Khabar N
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्वास्थ्य

विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने

काठमाडौँ। सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम सकिएको छ ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव शुक्रबार आफन्तलाई बुझाउने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको र परिवारबाट सङ्कलन गरिएको हुलिया ‘म्याचिङ’ सकिएपछि आफन्तलाई बुझाउने तयारी गरिएको हो । तर मृतकका परिवारजन भने बिमा र एयरलाइन्सले दिने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडानमा छन् ।

Nepal Himalayas Tours and Travel

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीका दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ४ जनाको शरीर धेरै जलन भएका कारण पहिचान गर्न केही समस्या देखिएको छ । १४ जनाको भने पहिचान खुल्न सक्ने उनले बताउनुभयो ।

आज साँझ चार बजेसम्म हुलिया ‘म्याचिङ’ आवश्यक प्रक्रिया सकेर त्यसपछि परिवारलाई शव बुझाइने चौधरीले बताउनुभयो । आफन्तले उपलब्ध गराएको हुलियाबाट समेत शवको पहिचान नखुलेमा भने डीएनएको प्रक्रियामा जानु पर्ने चौधरीले उल्लेख गरे । डीएनएको प्रक्रियामा गएको खण्डमा भने शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्छ ।

गत बुधबार विमानस्थल नजिकै भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने एकजना पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button