१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कोलकोता नाइट राइडर्स आइपिएलको फाइनलमा – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारसफलताको कथा

कोलकोता नाइट राइडर्स आइपिएलको फाइनलमा

कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ ।

मंगलबार राति सम्पन्न आइपिएल को पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

Nepal Himalayas Tours and Travel

सनराइजर्सले दिएको १६० रनको लक्ष्य पछाएको कोलकोताले १३.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि सनराइजर्सले १९.३ ओभरमा अलआउट हुदै १५९ रन बनाएको थियो ।

योसहित कोलकोता चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । यस अघि २०१२ र २०१४ मा उपाधि जितेको कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।

हारको बावजुद सनराइजर्स हैदरावादको यात्रा अझै सकिएको छैन् । यो टोली दोस्रो क्वालिफायरमा खेल्ने छ । जसमा हैदरावादले एलिमिनेटर खेल जित्ने टोलीसँग खेल्नेछ ।

एलिमिनेटर खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच आज अहमदाबादमा हुनेछ । यो खेल राति पौने ८ बजे सुरुहुने छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button