७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवनको भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

चितवनको भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते

चितवन। नारायणगढ-मुग्लिन सडक अन्तर्गतमा पर्ने चितवनको भतेरीमा आज बिहान दुर्घटना भएको छ।
भरतपुर महानगरपालिका-१ चितवनको भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

Nepal Himalayas Tours and Travel

चितवनको भतेरीमा बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक एकआपसमा ठोक्किएका थिए ।

नेपाली कन्टेनर ट्रकका चालक पर्साका प्रमोद पटेलको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान साँढे सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभएको छ ।

भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलमको भरतपुर अस्पतलामै उपचारको क्रममा बिहान ७ः२० बजे मृत्यु भएको रिजालले बताए । सोहि ट्रकको सहचालक भारतको गोरखपुर बस्ने वर्ष २२ को सावन अहमदको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button