१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
इलाममा एक समूहद्वारा रमाइलोको लागि कुकुरको निर्ममतापूर्वक हत्या - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशबिचित्रमुख्य समाचारविचार दृष्टिकोणसुरक्षा/अपराधस्थानीय तह

इलाममा एक समूहद्वारा रमाइलोको लागि कुकुरको निर्ममतापूर्वक हत्या

इलाम । इलाममा एक समूहले रमाइलोको लागि कुकुरलाई निर्ममतापूर्वक मारेको घटना सार्वजनिक भएको छ ।उक्त घटनामा एउटा कुकुरको बच्चालाई तीन-चार जना केटा साथीहरूको समूहले कुकुरलाई घेरा हालेको देखिन्छ र धेरै चोटि लट्ठीले हिर्काई सास फेर्दै गर्दा गाडेको भिडियो सामाजिक संजालमा फैलिएको छ। दर्दनाक घटनालाई उनीहरुले खिल्ली उडाउँदै सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

Nepal Himalayas Tours and Travel

उक्त समुहले कुकुरलाई नाकमा लाठीले हान्दा कुकुरलाई धेरै पीडा भएको देखिन्छ। तिनीहरूले कुकुरलाई राम्रो देखाउने बहानामा सुम्सुमाएको जस्तो गर्छन्, तर चर्को रूपमा हिर्काउँछन् । त्यसपछि भर्खरै खनेको खाल्डोमा लडाइदिन्छन् । कुकुर छट्पटाउँछ । उनीहरूले कुकुरलार्ई जिउँदै पुरिदिन्छन् ।

उक्त दुखद भिडियो शुक्रबार इन्टरनेटमा (फेसबुक एकाउन्ट) धेरै फैलिएको थियो तर अहिले हटाइएको छ। पोस्ट गर्ने व्यक्ति देउमाई नगरपालिकाको इलाम भन्ने ठाउँका रहेका छन्।

उनीहरूले कुकुरलाई त्यति क्रूरतापूर्वक किन हत्या गरे ? कारण खुलाएका छैनन् । उनीहरूले रमाइलोकै लागि कुकुरलाई तड्पाउँदै जिउँदै खाल्डोमा पुरेका छन् । भिडियो बनाउनकै लागि यस्तो कृत्य गरेको हुनसक्ने पशु हितका लागि आवाज उठाइरहेका प्रभात रिमाल बताउँछन् । उनी भन्छन्, ‘सामान्य कुकुरलाई उनीहरूले भिडियो बनाउनकै लागि त्यतिका पीडा दिएर मारेको जस्तो देखिन्छ ।’

एनिमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह भन्छिन्, ‘त्यो भिडियो मैले हेर्नै सकिनँ, बीभत्स र विचलित बनाउने खालको छ । भयानक आपराधिक मानसिकता भएकाले मात्र यसरी कसैको हत्या गर्न सक्छ ।’

यस घटनाको व्यापक आलोचना र गम्भीर ध्यानाकर्षण भएको छ, दोषीलाई कडा कारबाही गर्न आह्वान गरिएको छ। पशु अधिकारकर्मीहरूले यी व्यक्तिहरू विरुद्ध उजुरी दिएका छन् र उनीहरूलाई खोज्न मद्दत गर्न मानिसहरूलाई अनुरोध गरेका छन्।

के हुन्छ सजाय ?

मुलुकी अपराध संहिता २०७५ ले कुनै पनि पशुप्राणीलाई क्रूरतापूर्वक हत्या गर्नु ‘अपराध’ भनेको छ । कानुन विज्ञ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस किसिमको हिंसा देखिएमा प्रहरी कार्यालयमा उजुरी गर्न सकिन्छ । प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यलय र जिल्ला सरकारी वकिलको कार्यालयमा पनि यसको उजुरी दिन मिल्छ ।

नेपालको प्रचलित कानुनले कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रूरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।

कुकुरको हत्या मात्र होइन, उनीहरूलाई कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्तै घरपालुवा कुकुर रोगी र बुढो भएपछि सडकमा छाड्नु पनि अपराध हो । ‘उल्लिखित कुनै पनि किसिमको हत्या–हिंसा भएको छ भने तुरुन्त प्रहरीमा उजुरी दिनुपर्छ’, अधिवक्ता श्रेष्ठ भन्छन् ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button