११ माघ २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कीर्तिपुरका मेयर नकर्मीको अन्तिम बिदाइमा पुगे देउवा र उपप्रधानमन्त्री सिंह - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रस्थानीय तहस्वास्थ्य

कीर्तिपुरका मेयर नकर्मीको अन्तिम बिदाइमा पुगे देउवा र उपप्रधानमन्त्री सिंह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल काठमाडौं कीर्तिपुरका मेयर राजकुमार नकर्मी प्रति श्रद्धाञ्जली व्यक्त गर्न कीर्तिपूर पुगेका छन्।

कीर्तिपुर नगरपालिकाका दिवंगत मेयर राजकुमार नकर्मीको पार्थिव शरीर नगरपालिका कार्यालय परिसरमा राखिएको छ ।

Nepal Himalayas Tours and Travel

सभापति देउवासहित उपप्रधानन तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह कीर्तिपुर नगरपालिका परिसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका हुन्।

नगरप्रमुख नकर्मीको उपचारको क्रममा गए राति ९ बजे वीर अस्पतालमा निधन भएको थियो। मिर्गौला रोगबाट पीडित नकर्मीको ६० वर्षको उमेरमा गएराति निधन भएको हो।

नकर्मीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ९ बजेबाट कीर्तिपुर नगरपालिकाको कार्यालय प्राङ्गणमा राखिएको छ। आजै अन्त्येष्टि गरिने जनाइएको छ। नगरपालिकाले आज एक सूचना जारी गरी शोक बिदा समेत दिएको छ।

२०२० असार २० गते जन्मिएका नकर्मी विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय भएका थिए। उनी २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए। कम्युनिस्टको किल्ला रहेको कीर्तिपुरमा नकर्मी पहिलो पटक कांग्रेसबाट मेयर निर्वाचित भएका थिए। उनका श्रीमती र दुई छोराछोरी छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button