११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गर्न अदालतको अनुमति – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गर्न अदालतको अनुमति

जिल्ला अदालत धनुषाले सिरोहियालाई नागरिकताप्रकरणमा नियन्त्रणमा लिन अनुमति दिएको हो ।

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गर्न प्रहरीले अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाले सिरोहियालाई नागरिकताप्रकरणमा नियन्त्रणमा लिन अनुमति दिएको हो ।

Nepal Himalayas Tours and Travel

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन् ।

वैशाख १७मा धनुषा प्रहरीमा उनको नागरिकतानम्बर र अर्का एक व्यक्तिको नागरिकतानम्बर एउटै रहेको भनेर जाहेरी परेको थियो ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले धनुषाबाट नागरिकता पाए पनि नागरिकताका लागि विभिन्न ठाउँमा फरक–फरक नम्बर प्रयोग गरेको उजुरीमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्कैको नाममा नागरिकता जारी भएको हो ।

कसैले गुनासो गरेपछि सिरोहियाले आफू २०३४ मा नागरिक बनेको र २०५७ मा त्यसको प्रतिलिपि पाएको तर आफूसँग दुईवटा नागरिकता नभएको बताए ।

मैले सन् २०३४ मा नागरिकता पाएकोले म नेपालको नागरिक नहुन सक्छु भनेर कसैले भनेको सुनेको थिएँ। तर २०५७ को एउटा पत्रिकाबाट प्रमाण छ जसमा मैले २०३४ मा नागरिकता पाएको देखाउँछ। नम्बर मिल्छ र नागरिकतापाएको छैन। कुनै पनि अन्य ठाउँबाट।

आफूभन्दा पछि कसैले लिएको नागरिकताको नम्बर आफ्नोसँग मेल खाएको कुरा आफ्नो जिम्मेवारी नहुने पनि उनले जनाएका थिए ।

‘२०३४ मा मैले नागरिकता लिएपछि २०३६ मा अरू कसैका नाममा त्यही नम्बर लेखिएको छ भने मेरो जिम्मेवारीको विषय होइन,’ उनको विज्ञप्तिमा उल्लेख छ।

हिमालयन इन्सुरेन्सको प्रबन्धपत्रमा उल्लेखित नम्बर भने टाइप गर्दा गलत भएको कुरा कम्पनीले नै जानकारी दिएको भन्दै विज्ञप्तिमा उल्लेख छ, ‘प्रबन्धपत्रसहित कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाइएको फाइलमा मेरो नागरिकताको प्रतिलिपि नत्थी भएकाले सत्यतथ्य आफैँ स्थापित हुन्छ ।’

सिरोहियाले आफूलाई प्रहरीले पक्राउ गर्न सक्ने आशंकामा सर्वोच्चमा पक्राउ पुर्जी जारी गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि प्रशासनलाई पक्राउ पुर्जी जारी गर्दै नियन्त्रणमा लिने बाटो खुलेको थियो । सर्वोच्चले उनको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार जिल्ला अदालत धनुषाको अनुमतिसँगै सिरोहिया पक्राउ पर्ने निश्चित भएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button