१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गगन थापा र गृहमन्त्री लामिछाने मध्ये एक जनालाई पक्राउ गर्न भीम राउलको प्रचण्डसँग माग – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारबिचित्रमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधि

गगन थापा र गृहमन्त्री लामिछाने मध्ये एक जनालाई पक्राउ गर्न भीम राउलको प्रचण्डसँग माग

एक जनालाई पक्राउ गर्न भीम राउलको प्रचण्डसँग माग

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पक्राउ गर्न वा गृहमन्त्री लामिछानेलाई पद बरखास्त गर्न माग गरेका छन्।

रावलले राज्यको सूचना बेचेको अभियोगमा गगन थापालाई तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन्।

Nepal Himalayas Tours and Travel

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले सोमबार प्रतिनिधिसभा बैठकमासम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए। सोही अभिव्यक्तिमा केन्द्रित रहेर नेता रावलले फेसबुकमार्फत गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने बताएका छन्।

पूर्वगृहमन्त्री समेत रहेका रावलले देशको सूचना बेचेको आरोप लागेका गगनलाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा प्रधानमन्त्रीले लामिछानेलाई बरखास्त गरी गिरफ्तार गर्न माग गरेका छन्।

यस्तो छ डा. भीम रावलको फेसबुक स्ट्याटस:
राज्यका सूचना बेच्नु देशद्रोह हो। यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन्। यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानुनी कारबाही गरियोस्। यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रम प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ।

गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसद्मा प्रस्तुत गरेका छन्। ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस्। यस्ता आरोप झुटा ठहरे देशको गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानुनी कारबाही होस्। राज्य कानुन र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ।

 

पक्राउ गर्न भीम राउलको प्रचण्डसँग माग
पक्राउ गर्न भीम राउलको प्रचण्डसँग माग

 

भिम रावल फेरि फेसबुक स्ट्याटसमा लेख्छन
भिम रावल फेरि फेसबुक स्ट्याटसमा लेख्छन

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button