१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पशुपतिनाथ मन्दिरमा भेटी चोरी गर्ने कर्मचारीसहित आठ जना पक्राउ – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारशिक्षास्थानीय तह

पशुपतिनाथ मन्दिरमा भेटी चोरी गर्ने कर्मचारीसहित आठ जना पक्राउ

काठमाण्डौ । पशुपतिनाथ मन्दिरमा चढाएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

“सीसी क्यामेरा हेर्दा पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरीमा उनीहरूको संलग्नता रहेको पाइएपछि पक्राउ गरी छानबिनका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ,” उनले भने।

परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताउनुभएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button