६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपालमा बसी अनलाइन मार्फत ठगी गर्ने ३ जना चिनियाँ नागरिक पक्राउ, ठूलो मात्रामा उपकरण बरामद
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधि

नेपालमा बसी अनलाइन मार्फत ठगी गर्ने ३ जना चिनियाँ नागरिक पक्राउ, ठूलो मात्रामा उपकरण बरामद

वीरगन्ज । नेपालमा बसेर अनलाइन मार्फत नेपाली नागरिकलाई नै ठगि गर्ने ३ जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवामा अबैध तरिकाले अनलाइन मार्फत ठगी गर्ने क्रममा शनिबार पक्राउ परेका गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा चिन हुवानका ३३ बर्षिय लियु गुइ काई , हुवई २६ बर्षिय वाङ बोहन र सोही स्थान बस्ने ३३ बर्षिय छिङ छियो रहेका छन ।

उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेक्सटप सिपुयी १२०, मनिटर–११८ थान, पासपोर्ट थान–३, मोबाईल–३५ थान, भारतीय कम्पनी जियोको सिम १३ थान बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

यस्तै ल्यापटप ४ थान, प्रिन्टर–१ थान, विभिन्न बैंकहरूका एटीएम कार्ड ३ थान , किबोर्ड २६ थान, ईन्टरनेट स्विच ५ थान, वाइफाइ राउटर २ थान, मिनि इन्भटर २ थान, भारतीय नम्बर बिआर ०१ सिएक्स ५७९२ नम्बरको गाडी र प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल १ थान बरामद भएको उनले बताए ।

उनीहरूको साथबाट प्रहरीले मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका नोट ८६ पिस गरी ४३ हजार र कम्बोडियन ३ हजार ५ सय रकम पनि बरामद गरेको छ ।

पक्राउ परेकाहरु केहि महिनादेखि अनलाइन लौटरी र अनलाइन सपिङ्ग जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारणलाई ठगी गर्ने गिरोह रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले निगरानी गर्ने क्रममा उनीहरूलाई पर्साका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।  ।

ठगीको गिरोह चलाउने कार्यमा संलग्नहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker