८ बैशाख २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दुर्गा प्रसाईं : १३ वर्षदेखि राज्यले रुवाएको थियो सर्वोच्चले न्याय दियो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसफलताको कथासुरक्षा/अपराध

दुर्गा प्रसाईं : १३ वर्षदेखि राज्यले रुवाएको थियो सर्वोच्चले न्याय दियो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राज्यले शोषण गरेपनि सर्वोच्च अदालतले न्याय दिएको बताएका छन् । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रसाईंले सर्वोच्च अदालतले गरेको फैसलाले न्याय मरेको छैन भन्ने प्रमाणित भएको बताएका हुन् ।

‘१३ वर्ष राज्यले शोषण गरेको थियो । अन्याय गरेको थियो । हामीले जनताको पैसा लगेर मेडिकल कलेज बनायौँ । हामीलाई १३ वर्षदेखि रुवाएर राखेको थियो’, उनले भने, ‘अहिले सर्वोच्चले न्याय दियो ।’

उनले आफूले लाइन्सेस लिएको हतियारको पछि राज्य लागेको बताए । आफूले लिएको लाइसेन्समा देशभर जहाँ पनि लैजान पाइने लेखिएको उनले स्पष्ट पारे ।

सर्वोच्च अदालतको गेटमा चेकजाँच गर्ने क्रममा हतियारसँगै पैसा समेत लगिएको प्रसाईंले बताए । उनले मेडिकल कलेजको सम्बन्धन पाएपछि बैंकको ऋण तिर्ने समेत बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker