६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सरकारी वेबसाइट डाउन हुने क्रम बढ्दो, सरकारमाथि संसद्‍मा प्रश्न उठ्यो
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधि

सरकारी वेबसाइट डाउन हुने क्रम बढ्दो, सरकारमाथि संसद्‍मा प्रश्न उठ्यो

चैत्र २०। सरकारी वेबसाइट तथा सर्भर डाउन तथा ह्याक हुने क्रम बढेकोप्रति सदनमा प्रश्न उठेको छ।मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सरकारी वेबसाइट तथा सर्भर डाउन र ह्याक हुँदा महत्त्वपूर्ण डेटा खतरामा परेको बताए।

सांसद पौडेलले खतरामा रहेका यस्ता सकारी डेटाको सुरक्षाप्रति सरकार प्रतिबद्धसमेत नदेखिएको भन्दै प्रश्न उठाए। ‘सरकारी वेबसाइट र सर्भर डाउन र ह्याक हुने कुनै नौलो विषय भएन’, उनले भने, ‘आजको मुख्य सम्पति भनेको डेटा हो। राज्यले आफ्नो सुरक्षा त गर्न सक्दैन भने नागरिकको डेटाको सुरक्षा कसरी गर्न सक्छ ?’

बिहीबार र शुक्रबार प्रतिनिसभाकै वेबसाइट डाउन थियो। बिहीबार त्रिभुवन विमानस्थल अध्यागमन विभागको सर्भरसमेत डाउन हुँदा घण्टौं यात्रु लाइनमा बस्नुपरेको थियो। करिब चार घण्टा यात्रु लाइनमा बस्नुपर्दा रातिका उडान प्रभावित भएका थिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker