८ आश्विन २०८०, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नक्कली नोट प्रकरण : काठमाडौं र भक्तपुरमा गरि भेटियो झण्डै ५३ लाख
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशपर्यटनबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराध

नक्कली नोट प्रकरण : काठमाडौं र भक्तपुरमा गरि भेटियो झण्डै ५३ लाख

काठमाडौं । प्रहरीले ५२ लाख नक्कली नोट सहित ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं र भक्तपुरमा गरि नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान रुपैन्या र विभिन्न सामानसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारि गराएको हो ।

बिहीबार लु.१प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोस्टमा चेकजाँच गर्ने क्रममा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामो नक्कली नोट बरामद गरिएको हो ।

बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाँदा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको थियो । भक्तपुरमा बरामद १७ लाख दुई हजार सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेरामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाञ्चोक कोठे बस्ने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका–६ बस्ने २३ वर्षीय शिव भण्डारी, सिन्धुपाञ्चोक बलेफी गाउँपालिका–७ बस्ने ४० वर्षीय अर्जुन सुबेदी, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका–६ बस्ने २३ वर्षीय मिलन भण्डारी, सुनकोशी गाउँपालिका–६ बस्ने २४ वर्षीय श्रीकृष्ण भण्डारी रहेका छन् ।

यस्तै झापा कमल गाउँपालिका–३ बस्ने २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका–३ बस्ने २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका–२ बस्ने ३४ वर्षीय सागर आचार्य र नवलपरासी सरावल गाउँपालिका–१ बस्ने ५३ वर्षीया पार्वती नेपाली रहेका छन् ।

उनीहरूमध्ये अर्जुन सुबेदी उपर चोरी, बैंकिङ कसूर, ठगी तथा ठगी र एक्सटर्सन गरी ७ वटा मुद्दा समेत चलेको खुल्न आएको छ ।

यस्तै प्रहरीले कम्प्युटर सेट १ थान, पेपरकटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर १ रिम, खुल्ला पेपर २ सय पेज, विभिन्न रङका मसी, कलर केमिकल प्लाष्टिकको बोतल २ वटा, केमिकल, डेकोरेटिङ पाउडर ४ पत्ता, ¥यापलिङ टेप १ बण्डल, एक हजार दरको नोटको साईजको पेपर ९ थान पनि बरामद गरेको जनाएको छ ।

यस्तै ३ वटा मोटरसाइकल, एउटा स्कुटर, मोबाइल १२ थान र अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your Ad Blocker