१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रास्वपा सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशविचार दृष्टिकोण

रास्वपा सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले सदन अवरोध भएको समयको कुनैपनि सेवा सुविधा नलिने भएका छन् ।

रास्वपा सभापति समेत रहेका संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने गरि व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जाल फेशबुक मार्फत यसको जानकारि गराएका छन् ।

साथै रास्वपाले संसद् बैठक नियमित चलाउन सभामुखलाई पहलकदमी गर्न पनि आग्रह गरेको छ । नेकपा एमालले साउन १० गते यता सुन तस्करि प्रकरण उच्चस्तरिय छानबिन समिति गठनको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

 

रास्वपा

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button