११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारराजनीति

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली काठमाडौं आइपुगेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्व्युरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोली आइतबार काठमाडौँ आएको हो ।

पोलिट्ब्युरो सदस्य च्याच्युन २५ सदस्यीय टोलीसहित नेपाल भ्रमणमा आउनुभएको हो ।

चिनियाँ उच्चस्तरीय टोलीले नेपालमा महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । च्याच्युनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख योया यसअघि नै नेपाल आइसक्नु भएकाे थियाे ।

शनिबार नेपाल आइपुग्नुभएकी योयाले च्याच्युनको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहनु भएको छ । च्याच्युनले कम्युनिष्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ । आगामी सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण गर्ने तयारी छ ।

नेपालमा भारत र अमेरिकी नेताहरुको भ्रमण बाक्लिएपछि केही समययता चिनियाँनेताहरुको नेपाल आउनेक्रम पनि बढेको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button