१३ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जुम्लाको गुठीचौरमा सात घरमा आगजनी - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

जुम्लाको गुठीचौरमा सात घरमा आगजनी

गुठीचौर४, जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिकामा सात घरमा आगजनी गरिएको छ।

गुठीचौर स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले बताए। धवलपुर गाउँका प्रेम न्यौपाने खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की बिगारे गाउँकाभीमप्रसाद जैसीका घरमा आगजनी गरिएको छ।

छिमेकी धिता देपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ। सडकमा रोकिराखिएको ट्र्याक्टरमा पनि आगो लगाइएको छ।आगजनी गर्ने समूहबारे भने केही जानकारी नभएको वडाध्यक्ष न्यौपानेको भनाइ छ।

बाउली गाउँका कविदत्तको घरमा सबैभन्दा बढी क्षति भएको वडाध्यक्ष न्यौपानेले बताए। आगो लागेको समयमै थाहा पाउँदा अधिकांशघर क्षति हुनबाट जोगिएका छन्।

आगो लगाइएको थाहा पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लादकार्कीले बताए।विभिन्न गाउँका घरमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी टोली खटाएका छौं। के कति क्षति भएको भन्नेविवरण सङ्कलन भइरहेको ,” कार्कीले भने।

प्रहरीलाई घटनाको जानकारी गएराति ११ बजेतिर आएको थियो। आगजनीबाट घरमा आंशिक क्षति भएका छन्। कसले आगो लगायोभन्ने खुलेको छैन।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker