११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जिल्ला सरकारी वकिलको निर्णय: रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी मुद्दा दायर नगर्ने - Nepal Rastra Khabar
Banner news (with photo)अन्तर्वार्ताताजा समाचारदेशमुख्य समाचारराजनीतिसुरक्षा/अपराध

जिल्ला सरकारी वकिलको निर्णय: रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी मुद्दा दायर नगर्ने

लामिछानेले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी लिनुमा कुनै बदनियत नरहेको र नेपाली नागरिकता कायमै रहेको अनुमान गरी राहदानी प्राप्त गरेको प्रहरीले तयार पारेको प्रतिवेदनमा जिकिर गरिएको छ ।

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले रवि लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाउनु नपर्ने ठहर गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गर्दै त्यहाँबाट उच्च सरकारी वकिल कार्यालय पाटनमा पत्र पठाइएको हो ।

गएको बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । लामिछानेले आफू अमेरिकी नागरिक रहँदा–रहँदै नेपाली राहदानी लिए पनि त्यसको दुरुपयोग नगरेको जिकिर गरेको प्रतिवेदनमा उल्लेख छ ।

लामिछानेले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी लिनुमा कुनै बदनियत नरहेको र नेपाली नागरिकता कायमै रहेको अनुमान गरी राहदानी प्राप्त गरेको प्रहरीले तयार पारेको प्रतिवेदनमा जिकिर गरिएको छ ।

प्रहरीले लामिछानेविरुद्ध राहदानीसम्बन्धी कसुरमा कुनै मुद्दा दायर गर्नु नपर्ने ठहर गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलका तर्फबाट पनि मुद्दा दायर गर्नु नपर्ने ठहर गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउनु नपर्ने कारणसहित उच्च सरकारी वकिल कार्यालयलाई लेखी पठाउनुपर्ने व्यवस्था छ । उच्च सरकारी वकिल कार्यालयले मुद्दा चलाउने/नचलाउने निर्णय गर्नुपर्ने व्यवस्था छ । मुद्दा चलाउनुपर्ने निर्णय भएमा उच्चले जिल्ला सरकारी वकिललाई अभियोग दायर गर्न निर्देशन दिन सक्छ ।

रवि लामिछानेविरुद्द राहदानी कसुरमा मुद्दा नचल्न पनि सक्छ ? प्रक्रिया के हुन्छ ?
मुद्दा चलाउनुपर्ने नदेखिएमा उच्चले महान्यायाधिवक्ता कार्यालयलाई जानकारी गराउनुपर्छ । महान्यायाधिवक्ता कार्यालयले जिल्ला सरकारी वकिललाई मुद्दा चलाउने वा नचलाउने आवश्यक निर्देशन दिन सक्छ ।

रवि लामिछानेको राहदानी विवाद के हो ?
०५० फागुन १० गते नेपाली नागरिकता प्राप्त गरेका लामिछानेले अमेरिका प्रस्थान गरेपछि ०७० फागुन ९ गते त्यहाँको नागरिकता प्राप्त गरेका थिए । त्यसपछि लामिछानेको नेपाली नागरिकता कायम थिएन । तर, उनी पारिवारिक भिसामा नेपाल आउँदा कायमै नरहेको नेपाली नागरिकताबाट ०७२ जेठ १३ गते नेपाली राहादानी प्राप्त गरेका थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता नै प्राप्त नगरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । सोही रिटमा सर्वोच्चले लामिछानेले नेपाली नागरिक नरहँदा नेपाली राहदानी लिएको विषय निर्विवादित रहेको तर सोमा आफ्नो क्षेत्राधिकार नहुने भन्दै फैसला गरेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button