६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
यूएईविरुद्ध नेपालको अभुतपूर्व जित, विश्वकप क्वालिफायरका लागि छनोट - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशकोशी प्रदेश (प्रदेश-१)खेलकुदगण्डकी प्रदेशताजा समाचारदेशमधेस प्रदेशमनोरञ्जनमुख्य समाचारलुम्बिनी प्रदेशवाग्मती प्रदेशसफलताको कथासुदूरपश्चिम प्रदेश

यूएईविरुद्ध नेपालको अभुतपूर्व जित, विश्वकप क्वालिफायरका लागि छनोट

चैत्र ०२, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेको छ ।

‘ब्याक लाइट’का कारण डकवर्थ लेविस नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो।

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रनको लक्ष्य दिएको थियो ।

लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा युएईलाई हराउँदै शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो ।

विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker