११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
स्ववियु निर्वाचन : १४ वर्षपछिको उत्साह - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कर्णाली प्रदेशकोशी प्रदेश (प्रदेश-१)गण्डकी प्रदेशताजा समाचारदेशप्राविधिक समाचारबिचारबिचित्रमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशसफलताको कथासाहित्य/ सिर्जनासुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

स्ववियु निर्वाचन : १४ वर्षपछिको उत्साह

चैत्र ०५, चितवन। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रियाअन्तर्गत मतदान जारी छ । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं. २०६५ देखियता नियमित हुन सकेको थिएन ।

१४ वर्षपछि तोकिएको निर्वाचन प्रक्रियाअन्तर्गत आज भइरहेको मतदान प्रक्रियामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता छ ।  मतदानका लागि बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् ।

देशभरिका आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन भएको हो । केहि क्याम्पसमा भने आन्तरिक विवादका कारण मतदान प्रक्रिया रोकिएको छ ।

    

     

     

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

सरकारले विश्वविद्यालयमा क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।

ps: internet

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button