१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नारायणीमाथि नयाँ पुल बन्ने, प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसफलताको कथास्थानीय तह

नारायणीमाथि नयाँ पुल बन्ने, प्रधानमन्त्री प्रचण्डले गरे शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र पूर्वी नवलपरासीलाई जोड्ने नारायणी नदी माथि बन्न लागेको पुलको शिलान्यास गर्नुभएको छ । पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको सो पुलको बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्रीले शिलान्यास गर्नुभएको हो।

अत्याधुनिक प्रविधिमा आधारित सो पुल केबल स्टेट ब्रिजमा आधारित रहेको बताइन्छ । सडक विभागको पुल महाशाखाले पुल निर्माणको काम सुरु गरेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार एक वर्ष पुलको डिजाइन निर्माण र त्यसपछिको तीन वर्ष पुल निर्माणको अवधि तय गरिएको छ ।

Nepal Himalayas Tours and Travel

अहिले भएको नारायणी नदीको पुल भन्दा पूर्व तर्फ सो पुल निर्माण हुने छ । चार सय २० मिटर लामो सो पुलको चौडाइ १२ मिटर रहने छ । बिचमा दुई पिलर रहने सो पुलमा पिलरको बिच भाग २१० मिटर फराकिलो छ । जसमा पानी जहाज समेत सहजै ओहोरदोहोर गर्न सक्ने बताइन्छ ।

पुलको दुई ठाउँमा टावर राखिएका छन् । टावरसँग मिल्ने गरी केवलको माध्यमबाट पुल निर्माण गरिने छ । झन्डै १ अर्ब ६८ करोड लागतमा निर्माण हुन लागेको सो पुल निर्माणका लागि सन् २०२३ जुन २ मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिएको छ । सम्झौता अनुसार चार वर्षमा पुल निर्माणको काम सम्पन्न हुनुपर्ने बताइन्छ ।

हाल भएको नारायणीको पुल जीर्ण भएसँगै नयाँ पुल निर्माणको काम सुरु हुन लागेको हो । नारायणी माथि रहेको अहिलेको पुल विसं २०३८ मा बनेको हो । यो पुलमा १४ वटा पिलर छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button