२७ मंसिर २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सौर्य एयरलाइन्सको विमान दुर्घटना: केही परिवारले शव बुझे, केहीले मानेनन् - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशपर्यटनप्रवासबिचित्रमुख्य समाचारविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधिस्वास्थ्य

सौर्य एयरलाइन्सको विमान दुर्घटना: केही परिवारले शव बुझे, केहीले मानेनन्

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटना मा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् ।

त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभाग विमान दुर्घटना ज्यान गुमाएका आफन्तले भरिएको छ ।

शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् । उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकार, राजाराम आचार्य र को-पाइलट सुशान्त कटवालका परिवारले शव बुझेका छन् ।

Nepal Himalayas Tours and Travel

करिब चार बजे पोस्टमार्टमको सबै प्रक्रिया सकियो । फरेन्सिक विभागले १४ वटा शवलाई आफन्तले दिएको हुलिया र क्लिनिकल तथ्यको आधारमा र चार वटा शव अत्यधिक जलेका कारण डेन्टल एक्जामिनेसन मार्फत पहिचान गरेको थियो । तर सौर्य एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कुनै पदाधिकारी देखिएनन् ।

केही मृतकका आफन्तहरूले भने बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान राखेका छन् ।
परिसरमा तैनाथ रहेका प्रहरीले आफन्तलाई शव हेर्न र प्रक्रिया पूरा गरेर बुझ्न माइकिङ गर्‍यो । तर आफन्त आक्रोश पोख्दै भन्न थाले, ‘यत्रो घटना हुँदा पनि राज्य नै निदाएको छ । जबसम्म सरकारका प्रतिनिधि र सौर्य एयरलाइन्सको व्यवस्थापक आएर मागलाई सम्बोधन गर्ने वातावरण नभएसम्म हामी शव बुझन् पनि जाँदैनौं ।’

बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने अडान राखे । ‘बीमा रकम कति र कहिले पाउने प्रष्ट हुनुपर्ने, सौर्य एयरलाइन्सले दिने क्षतिपूर्ति, मृतकका छोराछोरीको शिक्षा, आश्रित परिवारको रोगजगारी लगायतका विषयमा प्रष्ट भएपछि मात्र शव बुझ्छौं । नत्र यहीँ धर्नामा बसिरहन्छौं,’ मृतकका आफन्त राजकुमार पञ्जियार भन्छन् ।

मृतकको उचाइ, तौल, गरगहना, दातको वनावट, शरीरमा भएको दाग वा ट्याटुका लगायतका कुराहरू मृतकका आफन्त मार्फत विवरण संकलन गरिएको थियो । त्यसपछि क्लिनकल परीक्षण गरिएको थियो । पोस्टमार्टम मार्फत मृतकको अप्रेशन भए नभएको, एपेन्डिक्स, गलब्ल्याडर, शरीरको कोठी, शरीरभित्र इम्प्लान्ट (स्टिल) लगाएका सबैलाई म्याचिङ गर्ने काम भएको थियो ।

त्यस आधारमा १४ जनाको शव पहिचान भएको थियो । तर ४ जनाको अत्याधिक जलन भएकाले डेन्टल एक्जामिनेसनमार्फत पहिचान खुलेको थियो । ‘अस्पतालको तर्फबाट शव पहिचान गर्ने काम सकिएको छ’ फरेन्सिक विभागका प्रमुख डा. चौधरीले भने, ‘केही शव आफन्तले बुझ्न भएको छ । कसैले लैजान इन्कार गर्नुभएको छ भन्ने प्रहरीले जानकारी दिनुभएको छ ।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button