११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
उपेन्द्र यादव र दिपक कार्कीले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीति

उपेन्द्र यादव र दिपक कार्कीले दिए राजीनामा, सरकारबाट बाहिरियो जसपा

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार बिहान प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका हुन् ।

Nepal Himalayas Tours and Travel

यस्तै वन तथा वातावरण राज्य मन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । उनीहरु दुबै जनाले राजीनामा दिएको उपेन्द्रका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।

सरकारमा सहभागी जसपा नेपाललाई विभाजन गर्दै अशोक राईले अघिल्लो हप्ता जसपा गठन गरेका थिए । आफ्नो दल विभाजित भए पनि यादवले सुरुवातमा सरकारमा सहभागी हुने निर्णय लिएका थिए । तर प्रधानमन्त्रीले नै सरकारबाट हटाउन चाहेको बुझेपछि उनले नयाँ निर्णय लिएका हुन् ।

राजीनामापत्रमा यादवले ‘वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा’ राजीनामादिन चाहेको उल्लेख छ ।

सरकारमा यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री र कार्की वन तथा वातावरण राज्यमन्त्री थिए ।

मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै केन्द्रमा यादवले राजीनामा दिएका हुन् । यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट जसपा नेपाल बाहिरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button