१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अनलाइन सट्टेबाजीमा दुई अर्बभन्दा बढी कारोबार गरेको आरोपमा एकजना पक्राउ – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधि

अनलाइन सट्टेबाजीमा दुई अर्बभन्दा बढी कारोबार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । अनलाइन सट्टेबाजी एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा रकम लगाउने, संकलन गर्ने कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

Nepal Himalayas Tours and Travel

प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

उनका अनुसार, बिनान्समार्फत २ वटा खाता प्रयोग गरेर विभिन्न २४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म १ अर्ब ३४ करोड रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर ढुंगानालाई सार्वजनिक गरेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button