६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
गृहमन्त्री माथि छानबिनका लागि समिति बनाउनुपर्ने कांग्रेसको माग कायमै - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीति

गृहमन्त्री माथि छानबिनका लागि समिति बनाउनुपर्ने कांग्रेसको माग कायमै

काठमाण्डौ । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने अडान दोहोर्याएको छ ।

प्रतिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएपछि बोल्न समय पाउनुभएकी कांग्रेस सांसद ईश्वरी न्यौपानेले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठनको माग गर्नुभयो ।

उहाँले अर्को बैठकसम्म समिति गठन नभएमा संसद बैठक अबरुद्ध गर्ने चेतावनी पनि दिनुभयो । पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताले लामिछानेविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका र पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले पनि सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना भएको देखाएकोले छानबिन आबश्यक भएको उहाँको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रतिनिधि सभाको बैठकमा लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको जिकिर गर्नुभएको थियो । त्यसमा आपत्ति जनाउँदै सांसद न्यौपानेले सदस्य नभएको व्यक्तिले पैसा लिन नपाउने कानूनी व्यवस्था भएकाले लामिछानेले कसरी पैसा लिए भनेर प्रश्न गर्नुभयो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker