११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
दैलेख बजार परीक्षा केन्द्रमा एसईईका नक्कली परीक्षार्थी पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

दैलेख बजार परीक्षा केन्द्रमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

दैलेख । त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका १७ वर्षका किशाेरलाई प्रहरीको जिम्मा लगाएकाे केन्द्राध्यक्ष निरकबहादुर तारामीले जानकारी दिनुभयो ।

एसईई परीक्षाको पहिलो दिन भाइको सट्टामा दाइले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका थिए । पक्राउ पर्ने किशाेर त्रिभुवन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेशपत्रको फोटो पछि टाँसेको देखेर सोधीखोजी गर्दा घटना बाहिरिएकाे हो । मुलुकी अपराध सहिंता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने, दुई वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्था छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button