५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिस्थानीय तह

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज (बुधबार)देखि मतदाता नामावली अद्यावधिक गर्दैछ । वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका लागि आगामी चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले तयारी गरेको हो ।

आयोगको कार्यतालिकाअनुसार फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई दलदर्ताका लागि सूचना प्रकाशन हुनेछ । यसैगरी चैत २२ गते मुख्य निर्वाचनअधिकृतको नियुक्ति र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

चैत २४ देखि २७ गतेसम्म निर्वाचनअधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ । चैत २४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker