६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रहरी नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई मुद्दा नचलाउन एमालेको ध्यानाकर्षण - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीति

प्रहरी नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई मुद्दा नचलाउन एमालेको ध्यानाकर्षण

काठमाडौँ ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गत सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरुलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ ।

बुधवार नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौला लगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेट गर्दै यस्तो ध्यानाकर्षण गराएको हो ।

गत सोमवार लघुवित्त पीडितहरुको एक समूह संसद भवन परिसर पसेर नाराबाजी गरेसँगै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

हाल उनीहरुलाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको छ । एमालेले लघुवित्त पीडितहरुलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरुलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरु न्यायको लागि आन्दोलनरत रहेका बताए।

उनीहरु सुरक्षा संयन्त्रका कमजोरीका कारण संसद भवनभित्र प्रवेश गरेकाले मुद्दा चलाउनु नहुने बर्तौलाको भनाई छ ।

दोषी देखिने सुरक्षा संयन्त्रका व्यक्तिहरुलाई कारबाही गर्नुपर्ने उनले बताए।

त्यस्तै संसद भवन परिसर र सिंहदरबार परिसरमा बार लगाएर निषेधित क्षेत्र तोकिएकोप्रति पनि एमालेले असन्तुष्टि व्यक्त गरेको छ । सुरक्षा संयन्त्रलाई बलियो बनाउँदै ती स्थानहरुको तारबार हटाउन पनि गृहमन्त्रीलाई आग्रह गरिएको समेतक बर्तौलाले बताए।

उनले भने– ‘सुरक्षाको असाध्यै कमजोर उपस्थितिको कारणले गर्दा लघुवित्त ठगि पीडितहरु संसद भवन छिर्नुभयो । त्यहाँ गम्भिर सुरक्षाकर्मी भयो । गृहमन्त्रीको, गृह प्रशासनको कमजोरी रहेको कुरा हामीले महशुस गर्‍यौँ।  आज ४०/५० संख्याका पीडितहरुलाई प्रहरी हिरासतमा राखिएको छ । नेपाल सरकारले ती पीडितहरुलाई मुद्दा दायर गर्ने प्रक्रिया अगाडी बढाउनेगरी निर्णय गरेको छ । त्यो बेठिक छ । उहाँ पीडितहरु न्यायको लागि आउनुभएको थियो ।’

उनले सुरक्षा संयन्त्र वा गृह प्रशासनको कमजोरी भएको बताए। ‘अविलम्व उहाँहरुलाई मानवीय व्यवहारसहित बिना शर्त तत्काल उहाँहरुलाई रिहाइ गरियोस् । मुद्दा लगाउने निर्णय फिर्ता गरियोस् । दोषि देखिएका सुरक्षा संयन्त्र हो भने त्यहाँ कारबाही गरियोस् । बानेश्वर वरिपरि र सिंहदरबार आसपास पेटीमा पनि नागरिकहरु हिडडुल गर्न असहज हुनेगरी डोरी बार लगाइएको छ । यो बेठिक कुरा हो । आन्दोलन गर्न माईतीघर, बानेश्वरमा निषेधाज्ञा छ , रत्नपार्कमा असहजता छ । नागरिकले आफ्नो मुद्दा सरकारलाई सुनाउने ठाउँ कहाँ हो ? सबै ठाउँमा तारबार, डोरी घेरा लगाउने कुरा न्यायोचित छैन । राज्यले आफ्नो सुरक्षा संयन्त्र बलियो बनाओस् भन्यौँ,’ उनले भने।

त्यस्तै मिटरब्याज पीडितहरु हिँडेरै काठमाडौंसम्म आन्दोलनका लागि आएका भन्दै उनीहरुको माग सम्बोधन गर्ने सुनिश्चितताका साथ घर फर्काउने वातावरण बनाउन पनि माग गरिएको छ । सचेतक बर्तौलाले गृहमन्त्रीले लघुवित्त पीडितहरुलाई सहज रुपमा रिहाइ गर्न सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको जानकारी दिए। त्यस्तै निषेधित क्षेत्र भनि तारबार गरिएको सम्बन्धमा पनि आफ्नो ध्यानाकर्षण भएको गृहमन्त्रीले बताएको उनको भनाइ छ।

फूहरुको कुरालाई सुनुवाई नभएमा यि विषयहरु आगामी संसद बैठकमा पनि उठाउने सचेतक बर्तौलाले बताए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker