१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकियो ७ मतदान स्थल र १४ मतदान केन्द्र – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधिस्थानीय तह

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकियो ७ मतदान स्थल र १४ मतदान केन्द्र

काठमाडौँ। आगामी माघ ११ गते हुँदै गरेको राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले ७ वटा मतदान स्थल र १४ वटा मतदानकेन्द्र तोकेको छ।

निर्वाचन आयोगले बिहीबार प्रत्येक प्रदेशमा एक-एक वटा मतदानस्थल र सोही मतदानस्थलमा दुई-दुई वटा मतदान केन्द्र राख्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तोकिएको छ। मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको छ।

बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौडामा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा राखिएको छ।

लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही; कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल तोकिएको छ।

मतदानस्थलमा प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, नगर प्रमुख-उपप्रमुखले बेग्लाबेग्लै मतदानकेन्द्रहरूमा मतदान गर्ने प्रवक्ता पौडेलले जनाए ।

तोकिएका मतदानकेन्द्रमा आगामी माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button