११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
परराष्ट्रमन्त्री साउद : राजदुत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशराजनीति

परराष्ट्रमन्त्री साउद : राजदुत नियुक्ति प्रक्रिया तत्काल टुंगिनेछ

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन्।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको बताए। उनले राजदुत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताए। राजदुत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उनले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताए।

उनले भने,– ‘हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदूत पद रिक्त रहेको छ । राजदुत नियुक्तीमा सरकारले परराष्ट्र भित्रबाट ५० प्रतिशत र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ । सोही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ । यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’

मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताए।  विदेशमा रहेका नेपालीहरुको हक, हीतको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको उनले बताए।

उनले भने,– ‘विदेशमा रहेका नेपालीहरुको हक, हीत र सुरक्षाप्रति संवेदनशील हुनेतर्फ नेपाली राजदुत तथा नियोग प्रमुखहरुलाई अभिमुखिकरण गरिएको छ । विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दार एवं आवश्यकता अनुसार नेपाल फर्किन सहजीकरण गर्ने कार्यलाई नियोगले उच्च प्राथमिकतामा राखेका छन् । विदेशमा रहेका नेपालीहरुको हक, हितको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन बिदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको छ । केही नियोगहरुमा टेलिफोन सेवाको अतिरिक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ । यसलाई क्रमशः साधन, स्रोत सम्पन्न तुल्याउँदै बिस्तार गर्दै लगिनेछ ।’

मन्त्री साउदले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिवद्धता व्यक्त गरे।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button