१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मनाङका चौपायामा पनि देखियो लम्पीस्किन – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रस्थानीय तहस्वास्थ्य

मनाङका चौपायामा पनि देखियो लम्पीस्किन

मनाङ ।हिमाली जिल्ला मनाङका पशु चौपायामा लम्पीस्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका-२, थानचोकका किसानले पालेको एउटा गोरूमा लम्पीस्किनको लक्षण देखिएको जानकारी दिए।

उनका अनुसार गोरूलाई उच्च ज्वरो आएको छ। गोरूको छालामा स-सानादेखि ठूलासम्म पूरै गिर्खा देखिएको उनले बताए। ‘बिरामी गोरूले घाँस खान कम गरेको छ, ज्वरो र रोगका लक्षण अनुसारका गिर्खा देखिएको छ,’ कुसुमले भने।

किसानले गोरू बिरामी भएको खबर गरेपछि मंगलबार उपचार गर्न जाँदा गोरूमा लम्पीस्किन रोगको लक्षण देखिएको कुसुमले बताए। मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरूमा सङ्क्रमण देखिएको उनले बताए।

उक्त गोरू होचो कदको रहेको छ। ‘गोरूलाई रोगको उपचार सुरू गरिएको छ, अन्य गाईगोरूसँग सम्पर्क नहुने गरी छुट्टै राख्ने प्रबन्ध मिलाएका छौँ,’ कुसुमले भने।

मनाङमा पहिलो पटक लम्पीस्किन रोग देखिएको हो। मनाङमा दुई हजार डोज लम्पीस्किन रोगविरूद्धको खोप ल्याएको कुसुमले जानकारी दिए। मङ्गलबारबाट चामे गाउँपालिकाका गाईगोरूमा रोगविरूद्धको खोप लगाउन सुरू गरिएको छ।

केही दिनपछि नासोँ गाउँपालिकाका किसानले पालेका पशुमा उक्त रोगविरूद्धको खोप लगाइने उनले बताए। मनाङमा गाईगोरूको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button