६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सीके राउत : उपेन्द्र यादव यति छिट्टै संसद्‍मा जानु हुँदैन
Banner NewsBanner news (with photo)अन्तर्वार्ताताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणस्थानीय तह

सीके राउत : उपेन्द्र यादव यति छिट्टै संसद्‍मा जानु हुँदैन

चैत १९, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादव यति छिट्टै फेरि संसदमा जान नसक्ने बताएका छन् । आइतबार बारा-२ निर्वाचन क्षेत्र पुगेका राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताए ।

‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन् । त्यहि भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन्’, उनले भने ।

बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै उनले आफू पनि अवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताए । ‘यहाँका जनतालाई सीके राउतलाई भेटौ भन्नेछ । त्यसका साथै जनमत पार्टीको स्वच्छ छवि र सदनमा देखाएको सक्रियताले गर्दा पनि जित्ने लगभग निश्चित छ । उपेन्द्रजी बाहिरबाट आउनुभएको छ । यहाँका जनताले यहीकै भूमिपुत्रलाई जिताउँछन्’, उनले भने ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker