१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रवि लामिछाने विरुद्ध राहदानी मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट दायर – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

रवि लामिछाने विरुद्ध राहदानी मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट दायर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ । आइतबार सिन्धुलीका युवराज पौडैल ’सफल’लेसर्वोच्चमा रिट दायर गरेका हुन् ।

सर्वोच्चले उक्त रिट अध्ययन गरिरहेको र केही दिनमा सम्पर्क गर्न भनेको रिट निवेदक युवराज सफलको भनाई छ । रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको छ ।

रवि लामिछाने विरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो । तर, प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button