१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रथम राष्ट्रपति अस्वीकार गरेका रामचन्द्र पौडेल तेस्रोमा सफल – Nepal Rastra Khabar
Banner news (with photo)कर्णाली प्रदेशकोशी प्रदेश (प्रदेश-१)गण्डकी प्रदेशताजा समाचारदेशफिचरमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशसफलताको कथासुदूरपश्चिम प्रदेशस्थानीय तह

प्रथम राष्ट्रपति अस्वीकार गरेका रामचन्द्र पौडेल तेस्रोमा सफल

फागुन २५, काठमाडौं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति निर्वाचित भएका छन्  

प्रथम राष्ट्रपतिको उमेदवारी अस्वीकार गरेका पौडेल चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन्  

पौडेको आकांक्षा थियोपार्टी देशको कार्यकारी भएर भूमिका निर्वाह गर्ने   त्यसकै लागि उनले प्रथम राष्ट्रपतिको प्रस्ताव त्यागेकाथिए  

हुन प्रथम राष्ट्रपति निर्वाचित हुने समय कांग्रेस उमेदवार निर्वचित हुने स्पष्ट आधार थिएन  

तर, उनले राष्ट्रप्रमुखको भूमिकामा समेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हार्ने चुनाव नलड्ने बताए

आफ्नो सक्रिय राजनीतिक भूमिकाको आकांक्षा  प्रजातन्त्रको आवश्यकता देखाएर उनले प्रथम राष्ट्रपतिको उमेदवार बन्न अस्वीकारगरेका थिए  

१४औं महाधिवेशन अघिका दिनसम्म पनि पौडेलको रोजाइमा राष्ट्रपति होइन प्रधानमन्त्री नै थियो  

कतिसम्म भने गत मंसिर मा भएको प्रतिनिधिसभा निर्वाचनमा समेत पौडेलले आफू प्रधानमन्त्री बन्ने भनेर नै भोट मागेका थिए  

बाह्रखरीसँगको कुराकानीमा पनि पौडेलले आफू राष्ट्रपति बनेर राजनीतिबाट बिश्राम लिने पक्षमा नरहेको भन्दैप्रथम राष्ट्रपतिबन्नआएको प्रस्ताव आफूले अस्वीकार गरेको बताएका थिए  

मलाई गिरिजाबाबुले प्रथम राष्ट्रपति बन्नुस् रामचन्द्रजी भन्नुभएको हो मैले त्यसबेला नै बन्दिन भनेको हुँ,” पौडेलले बाह्रखरीसँगभनेका थिए, “प्रजातन्त्रको लडाइँ अझै सकिएको छैन गिरिजाबाबु फिल्डमै बसेर यो लडाइँ लड्न चाहन्छु भनेपछि गिरिजाबाबु सहमतहुनुभयो ” 

गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका विश्लेषक पुरञ्जन आचार्यका अनुसार कोइरालाले पहिलो प्रस्ताव नै रामचन्द्रपौडेललाई राखेका थिए  

पहिलो इच्छा गिपिरजाबाबुको नै थियो तर, उहाँलाई माओवादीले धोका दिएपछि पार्टीभित्रबाट विकल्पको खोजी भयो उहाँलेपहिलो प्रस्ताव रामचन्द्रजीलाई नै राख्नुभएको थियो,” आचार्यले त्यसबेलाको स्मरण गर्दै बाह्रखरीसँग भने, “रामचन्द्रजी तयार हुनुभएन त्यसपछि रामशरणजी, भिमबहादुर तामाङ्जी अरुको पनि प्रस्ताव आएको थियो शेरबहादुरजी चुनाव लड्न तयार भइसक्नुभएकोथियो ” 

उनले आमोदप्रसाद उपाध्यायले संसदको संरचना बुझाएर डा. रामवरण यादव उपयुक्त हुने सुझाव दिएपछि कोइरालाले यादवलाईउमेदवार बनाएका थिए  

शेरबहादुरजी उमेदवार बन्न नागरिकता नै बोकेर तयार भइसक्नुभएको थियो तर, संसदमा ८४ सिट मधेसकेन्द्रित दलहरुसँग थियो त्यसमध्ये ५० प्रतिशत बढी यादव भएको कुरा आमोदजीले गिरिजाबाबुलाई बताएर उहाँले नै रामवरण यादवको नाम लिनुभएको थियो,” आचार्यले भने, “त्यसपछि गिरिजाबाबुले डा. रामबरणजीलाई अघि सार्नुभयो , परिणाम पनि कांग्रेसकै पक्षमा हात लाग्यो

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button