१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पीएसजीलाई हराउँदै बार्यन च्याम्पियन्स लिगको आन्तिम आठमा – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारफिचरमनोरञ्जनमुख्य समाचार

पीएसजीलाई हराउँदै बार्यन च्याम्पियन्स लिगको आन्तिम आठमा

जर्मन क्लब बार्यन म्युनिख युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विहीबार विहान सकिएको खेलमा फ्रेन्च क्ल्ब पीएसजीलाई २–० गोल अन्तरले पराजित गरको हो ।

पहिलो लेगमा १–० गोलको जित दर्ता गरेको बार्यनले दोस्रो खेलको नतिजा पनि आफ्नो पक्षमा पार्दा समग्रमा ३–० को जितसहित क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो ।

लियोनल मेस्सी र केलियन एम्बाप्पे जस्ता स्टार खेलाडी रहेको पीएसजी भने प्रतियोगिताबाट बाहिरियो ।

बार्यनलाई जिताउन इरिक चुपो र सर्जि ग्यानबेरीले एक एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

चुपोले ६१ औं मिनेटमा गोल गदै बार्यनलाई अग्रता दिलाएका थिए ।

८९ औं मिनेटमा ग्यानबेरीले गोल गरेपछि बार्यन २–० ले विजयी भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button