२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
जसपाका पूर्वसांसद साहमाथि मध्यराति सांघातिक आक्रमणमा ३ जना पक्राउ - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

जसपाका पूर्वसांसद साहमाथि मध्यराति सांघातिक आक्रमणमा ३ जना पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ।

आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका-६ मा मादक पदार्थ खाएका युवाहरूको समूहले साहमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिए।

आक्रमणबाट साहसँगै उनका कामदार राजेन्द्र महतो, रवि पासवान र निकेश साह पनि घाइते भएका छन् ।

लाठी प्रहारबाट साहको टाउकोमा गहिरो चोट लागेको छ। उनको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको छ । हाल उनको अवस्था सामान्य रहेको छ ।

राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको एसपी सिंहले बताए ।

कुटपिटमा संलग्न भएको आरोपमा हरिपुर-६ का आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेका छन् ।

उनीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइएको एसपी सिंहले जानकारी दिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker