१० आश्विन २०८०, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदित - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेश

संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदित

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ लाई सर्वसम्मतले अनुमोदन गरेको छ।

ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतलेअनुमोदन गरेको हो।

संवैधानिक परिषद्को बैठकले नाम सिफारिश गर्ने संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिलेप्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएका थिए। त्यसअघि साउन १८ गते संवैधानिकपरिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो।

त्यस्तै, साउन २३ मा बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो। उनीविरुद्ध परेका उजुरीका विषयमा पनि सुनुवाइ भएको थियो। उनी विरुद्ध  तीन वटा उजुरी परेका थिए।

त्यस्तै, संसदीय सुनुवाइ समितिको बैठकमा श्रेष्ठले १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेका थिए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your Ad Blocker