१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भक्तपुरको बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ जना पक्राउ, बाँकीको खोजी हुँदै – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराध

भक्तपुरको बाल सुधार गृह तोडफोड गरेर भागेका २६७ जना पक्राउ, बाँकीको खोजी हुँदै

काठमाडौं । बाल सुधार गृह भक्तपुरबाट दुई सयभन्दा बढी बालक भागेका थिए।

मध्यपुर थिमी नगरपालिका सानोठिमीस्थित बाल सुधार गृह बाट सोमबार दिउँसो सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई आक्रमण गरेर उनीहरू भागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार उक्त गृहमा २ सय ९९ जना थिए । तीमध्ये ४३ जना बालिका रहेका छन् भने २५६ जना बालक रहेका थिए । बालिकाहरू भने भागेका छैनन्

सुधारगृहमा भएका अधिकांश बालक भागेको र उनीहरूको आक्रमणबाट २० सुरक्षाकर्मी घाइते भएका उनको भनाई छ। पछाडिको ढोका फोडेर ड्युटीमा रहेका सुरक्षाकर्मीलाई कुटपिट गरी उनीहरू भागेका हुन्।

भागेकामध्ये करिब एक सय जनालाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइसकेको रिजालले बताए।

अधिकांश भागेकाले कति भागे र कतिलाई नियन्त्रणमा लिइएको भन्ने यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ।

फरार भएका उनीहरूलाई नियन्त्रणमा लिन अहिले प्रहरी टोली परिचालन गरिएको छ । विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बालबालिकालाई सुधारगृहमा राखिएको थियो ।

बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि हिजो दिनभर तनाव ग्रस्त भएको थियो।

बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

भक्तपुरमा बाल सुधार गृह तोडफोड गरेर भागेका २२८ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ।

बाँकी २७ जनाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

उनीहरूलाई भक्तपुर र काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो।

बाल सुधार गृहमा २७१ जना बालबालिका थिए। जसमा २५५ जना बालक र ४३ जना बालिका छन्।

आइतबार बिहान रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि परिवारले सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए।

त्यही विषयमा सोमबार पनि नाराबाजी भइरहँदा त्यहाँ बसिरहेका बालबालिका तोडफोड गरेर भागेका डिएसपी पाठकले जानकारी दिए।

‘तोडफोड हुँदा प्रहरी र केही बन्दी घाइते भएका छन्,’ डिएसपी पाठकले भने।

सुधार गृहमा १८ वर्षभन्दा मुनिका १३१ जना र १८ वर्ष माथिका १६७ जना छन्।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button