५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
डेँगी हटस्पट बन्यो सुनसरी, हालसम्म देशभर ११ हजार बढी संक्रमित - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारस्थानीय तहस्वास्थ्य

डेँगी हटस्पट बन्यो सुनसरी, हालसम्म देशभर ११ हजार बढी संक्रमित

काठमाडौं । पछिल्लो समय देभभर डेँगी संक्रमण तीव्ररुपमा फैलिइरहेको छ ।

हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्यांकअनुसार डेंगी संक्रमितको संख्या ११ हजार १५७ पुगेको छ ।

हालसम्म नेपालका ७४ जिल्लामा डेँगी फैलिएको छ । जसमा हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट सबैभन्दा बढी कोशी प्रदेशको सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा हालसम्म संक्रमितको संख्या ६ हजार ३०० पुगिसकेको छ ।

गत वर्ष काठमाडौँ डेंगीको हटस्पटमा बनेको थियो । तर, यो वर्ष सुनसरीमा डेंगी संक्रमण व्यापकरुपमा फैलिरहेको छ ।
त्यस्तै, मोरङ जिल्लामा १ हजार ३९३, धादिङमा १ हजार ११०, कास्कीमा २२७ , धनकुटामा २२३, दार्चुलामा १९२, झापामा १८२, काठमाडौँमा १५३, संखुवासबामा १४८ र तनहुँमा ७९ वटा केशहरु पाइएका छन् ।

प्रादेशिक तथ्यांकअनुसार सबैभन्दा धेरै कोशी प्रदेशमा ८ हजार ४२० जनामा डेंगी संक्रमण भइसकेको छ भने वाग्मती प्रदेशमा १ हजार ५४७, गण्डकी प्रदेशमा ४८१ र सुदूरपश्चिम प्रदेशमा ४०४ जना, लुम्बिनी प्रदेशमा २१९, मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा २८ जना संक्रमित भइसकेका छन् । दैनिक रुपमा डेंगी संक्रमण फैलिइरहेपनि त्यसको नियन्त्रणमा सरकार तथा सम्बन्धीत निकायले प्रभावकारी रोकथामको प्रयास गरिएको छैन ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker