१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
तेह्र वर्षदेखि जङ्गलमा बास बस्दै आएको एक दम्पती – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुदूरपश्चिम प्रदेशस्थानीय तह

तेह्र वर्षदेखि जङ्गलमा बास बस्दै आएको एक दम्पती

हुम्ला। एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ ।

गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन् ।

सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँको कलिवान फडेरा र च्यापु फडेरा जङ्गलमा बस्दै आएका हुन् । फडेरा दम्पतीले गाउँबाट एक घण्टा टाढाको जङ्गलमा झुपडी बनाएर बस्दै आएको बताए । उमेरले उनीहरू कलिवान ७४ वर्ष र च्यापु ६४ वर्षका छन्।

कलिवानले १३ वर्ष अगाडि उनापानी गाउँमा रहेको घर बर्खाको पानीले भत्काएपछि फेरि बनाउन नसक्ने भएका कारण जङ्गलमा झुपडी बनाएर बस्नुपरेको बताए ।

“भएको खेतबारीमा खेतीपाती गर्न नसकिने अवस्था भयो । त्यसै कारण जङ्गलमा आएर बस्न थाल्यौँ,” उनले भने । उनीहरूका एक जना छोरा भए पनि नौ वर्षदेखि नआएको गुनासो उनीहरूको छ ।

छोरा पेमा फडेरा पनि चार वर्षसम्म भने उनीहरूसँगै जङ्गलमै बसेका थिए । घरबाट निस्केको छोरा फेरि घरमा आएको छैन । छोरो कामका लागि भारत गएको जानकारी फडेरा दम्पतीले पाएको भए पनि हालसम्म सम्पर्क भने हुन सकेको छैन ।

श्रीमती च्यापुले श्रीमान् आँखा कम देख्ने भएका कारण घरको सम्पूर्ण काम आफैँले गर्नुपर्ने बताइन् । गाउँले र आफन्तले उनीहरूलाई गाउँमा फर्कनका लागि निकै आग्रह गरेको भए पनि सो जोडीले गाउँमा जान भने अस्वीकार गर्दै आएको छ ।

फडेरा दम्पतीलाई जङ्गलमा बास बस्नुपरेपछि दैनिक गुजारा चलाउने माध्यम भने नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता भएको छ । पहिले कलिवान फडेराले मात्र सो भत्ता पाउने गरेकामा पाँच वर्षदेखि भने दुवै जना सामाजिक सुरक्षा भत्ता पाउँदै आएकी छिन् । उनीहरूका दम्पतीले वृद्धभत्ताबाट लुगाफाटो र घर खर्च चलाउँदै आएका छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button