१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अविरल वर्षा हुदा काठमाडौंका विभिन्न क्षेत्र डुबान – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशस्थानीय तह

अविरल वर्षा हुदा काठमाडौंका विभिन्न क्षेत्र डुबान

श्रावण २३, काठमाडौं । अविरल वर्षा हुदा काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अविरल वर्षा हुदा काठमाडौं उपत्यकाका ढुंगेधारा क्षेत्र, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायत स्थान डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।

उनले भने, “अविरल वर्षा हुदा काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन् । डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ । सचेतनाका लागि वाग्मती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पेट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।”

यसैगरी, भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

बाढीकै कारण काठमाडौंको सामाखुसीस्थित रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मूलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button