१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सन्दीप क्षेत्री माथि कारबाही, ‘ह्वाट द फ्लप’ शो बन्द – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रवाग्मती प्रदेशसूचना / प्रबिधि

सन्दीप क्षेत्री माथि कारबाही, ‘ह्वाट द फ्लप’ शो बन्द

काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ ।

हास्य कलाकारसमेत रहेका सन्दीप क्षेत्री होस्ट रहेको उक्त कार्यक्रम टेलिभिजनले बन्द गरेको हो ।

गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए ।

उक्त श्रृंखलाको संवाद तथा प्रस्तुतिले पीडितलाई थप पीडा दिने काम गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । आलोचनापछि कान्तिपुर टिभीले उक्त एपिसोडलाई हटाएको थियो ।

टेलिभिजनले भनेको छ– ‘गत असार २३ गेत शनिबार प्रसारित हृवाट द फ्लपमा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं, महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ह्वाट द फ्लप कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं ।’

उक्त श्रृंखलामा प्रस्तोता सन्दीप र अतिथिका रूपमा बोलाएका अभिनेता शाहले जेलको बसाई, त्यहाँभित्रको अवस्था र कैदीको जीवन शैलीका विषयमा कुरा गर्दा मजाक गरेको आरोप उनीहरूमाथि दर्शक तथा सामाजिक सञ्जालका प्रयोगकर्ताले लगाएका थिए ।

उनीहरूको विषय, संवाद र प्रस्तुतिले पीडितलाई थप पीडा दिएको भन्दै चौतर्फी आलोचना भएपछि टेलिभिजन व्यवस्थापनले उक्त कार्यक्रम नै बन्द गरेको हो । यद्यपि, उक्त कार्यक्रम बन्द भएपनि चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने टेलिभिजन व्यवस्थापनले जनाएको छ ।

अभिनेता समेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटकपटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोध समेत भएको थियो ।

जहाँ उनी मिठाइलाल यादवको क्यारेक्टरमा प्रस्तोताका रूपमा आउँथे । उनको यो क्यारेक्टरले तराइबासी मधेसी समुदायको झल्को दिन्थ्यो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button