१ बैशाख २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
तुलसीपुरमा ७३ वर्षीया वृद्धाको बलात्कार, दुई जना पक्राउ
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुदूरपश्चिम प्रदेशसुरक्षा/अपराधस्थानीय तह

तुलसीपुरमा ७३ वर्षीया वृद्धाको बलात्कार, दुई जना पक्राउ

तुलसीपुर,दाङ ।उपचारका लागि प्यूठानबाट तुलसीपुर आएकी वृद्धालाई गाडीकै स्टाफले बलात्कार गरेका हुन्।

दाङको तुलसीपुरस्थित बसपार्कमा एक ७३ वर्षीया वृद्धामाथि बलात्कार भएको छ। गएराति करीब साढे १२ बजे बसपार्कमा पार्क गरीराखिएको ना४ख ७८४८ नम्बरको बसभित्र ती वृद्धामाथि सामूहिक बलात्कार भएको हो।

घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा तुलसीपुर१५ का पुष्कर रोका सल्यानकारेशम विक रहेको इलाका प्रहरी कार्यालयतुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिए। रोका विकलाई प्रहरीलेघटनास्थलबाटै पक्राउ गरेको मल्लले जानकारी दिए।

उपचारका लागि प्यूठानबाट तुलसीपुर आएकी वृद्धालाई ७८४८ नम्बरकै गाडीका स्टाफले बलात्कार गरेको मल्लले बताए।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker