१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशराजनीतिवाग्मती प्रदेश

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै

५ साउन, काठमाडौँ । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज निर्णय सुनाउन लागेको हो ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमवारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।

बिहीबार सुनुवाइ सकिएपछि सर्वोच्चले आज निर्णय सुनाउन लागिएको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button