६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
यसपटक किसानलाई मलको अभाव हुँदैन – प्रधानमन्त्री प्रचण्ड
Banner news (with photo)कृषिताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधि

यसपटक किसानलाई मलको अभाव हुँदैन – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसपटक किसानका लागि मल अभाव नहुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आज सांसदहरुसँग भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले राखेको प्रश्नमा प्रधानमन्त्रीले विगतमा जस्तो यसपटक मलको अभाव नहुने बताएका हुन् ।

विगतका वर्षहरुमा भन्दा यो वर्ष रासायनिक मलको आपूर्ति व्यवस्था सुदृढ भएको बताउँदै उनले २०७९ साउन महिनादेखि हालसम्म ३ लाख ५१ ह्जार मेट्रिक टन रासायनिक मल आयात भएको र त्यो मध्ये ७१ हजार मेट्रिक टन विभिन्न विक्रि डिपोहरुमा मौज्दात रहेको समेत बताए ।

” भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी यो महिनाभित्र नेपाल भित्रने व्यवस्था गरिएको छ । धान रोप्ने समयमा विगतको जस्तो मल अभाव हुने अवस्था यसपटक छैन ”  प्रधानमन्त्री प्रचण्डले भने ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker