११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बागमती प्रदेश: कांग्रेसको तर्फबाट चार मन्त्रीले लिए शपथग्रहण - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसूचना / प्रबिधिस्थानीय तह

बागमती प्रदेश: कांग्रेसको तर्फबाट चार मन्त्रीले लिए शपथग्रहण

चितवन। नेपाली कांग्रेसको तर्फबाट चारजना नयाँ मन्त्रीहरुको शपथग्रहण सम्पन्न भएको छ । योसँगै बहादुर सिंह लामाको नेतृत्वमा १४ सदस्यीय मन्त्रीमण्डल निर्माण भएको छ ।

Nepal Himalayas Tours and Travel

आज कांग्रेसको तर्फबाट हरिप्रभा खड्की, विमल ठकुरी, सुरेशचन्द्र लामिछाने र मिनकृष्ण महर्जनले शपथग्रहण गरेका हुन् ।

खड्किलाई सामजिक विकास, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद , ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि मन्त्री बनेका कुन्दनरज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय , श्याम बहादुर खड्कालाई खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय र मदुकुमार श्रेष्ठको जिम्मेवारीपछि तोकिने बताइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button