१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एशियामा घट्दैछ जापानको प्रभाव – Nepal Rastra Khabar
Banner news (with photo)Nepal Rastra TVअर्थतन्त्रताजा समाचारप्रवासमुख्य समाचार

एशियामा घट्दैछ जापानको प्रभाव

एशियामा जापानको प्रभाव घट्दै गइरहेको छ । जापानले आफ्नो रक्षा क्षमता बलियो बनाउनुले मात्रै एशिया क्षेत्रमा उसको घट्दो प्रभावको भर्पाई हुन नसक्ने अष्ट्रेलियाको एउटा बौद्धिक समूहले भनेको छ ।

लोवी इन्ष्टिच्यूटले सार्वजनिक गरेको २०२३ एशिया पावर इन्डेक्समा एयिशामा समग्र शक्तिमा २६ देश र क्षेत्रको सूचिमा जापान ३७ दशमलव २ अंकसहित तेस्रो स्थानमा छ । यो २०२१ मा सार्वजनिक भएको अघिल्लो प्रतिवेदनको भन्दा १ दशमलव ४ अंक कम हो ।

२०१८ यता सो संस्थाले अर्थतन्त्र, सेना र संस्कृति जस्ता १० क्षेत्रमा एशियाका देश तथा क्षेत्रका प्रभाव मापन गर्दै आएको छ । चीन र उत्तर कोरियाली गतिविधि बढिरहँदा जापानले रक्षा खर्चमा व्यापक बढाउनेतिर लागेको छ ।

अमेरिका, अष्ट्रेलिया र अन्य देशहरुसँग संयुक्त सैन्य अभ्यास पनि बढाइरहेको छ । सैन्य क्षमतामा उसले पाउने अंक बढेको छ । तर अर्को तिर उत्थानशीलता, आर्थिक क्षमता, सांस्कृतिक प्रभाव र कूटनीतिक प्रभावमा भने उल्लेख्य कमी आउदा समग्रमा सुचक घटेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button