११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुने - Nepal Rastra Khabar
Banner news (with photo)Nepal Rastra TVUncategorizedताजा समाचारमुख्य समाचारस्थानीय तह

वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुने

  1. चितवन निर्वाचन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले २०८० वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रवि लामिछानेको नागरिकता विवाद भई मुद्दा परेपछि सर्वोच्च अदालतको आदेश आएसँगै रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद रिक्त भएको थियो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था भएबमोजिम रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गर्नुपर्ने भएकाले आयोगले उपनिर्वाचनको मिति तोकेको हो ।

साथै आयोगले उपनिर्वाचन सम्बन्धी कार्यक्रमसमेत सार्वजनिक गरेको छ । २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चैत २३ गते निर्वाचन चिन्ह प्रदान गर्ने समेत जनाएको छ ।

Related Articles

Check Also
Close
Back to top button