१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मेस्सी र एम्बाप्पे बिनै मैदान उत्रिएको पीएसजीको खराब लय कायमै – Nepal Rastra Khabar
Banner news (with photo)खेलकुदताजा समाचारमुख्य समाचार

मेस्सी र एम्बाप्पे बिनै मैदान उत्रिएको पीएसजीको खराब लय कायमै

साविक विजेता पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ ले फ्रेन्च लिग वानमा आफ्नो खराब लय कायमै राखेको छ । गएराति पीएसजीले मोनाकोसँग ३ – १ गोलको पराजय व्यहोरेको हो ।

चार दिनको अन्तरालमा यो पीएसजीको दोस्रो पराजय हो । खेलको चौथो मिनेटमै विस्साम वेन येडेरले दिएको पासमा एलेक्सान्डर गोलोभिनले गोल गरे ।

वेन यडेर आफैँले १८ औँ र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । योसँगै जारी सिजनमा उनको गोल संख्या १९ पुगेको छ ।

पीएसजीका लागि १६ वर्षीय वायन जायर इम्रीले १ गोल फर्काएका थिए । दोस्रो हाफमा गोल हुन सकेन । स्टार लियोनल मेस्सी, केलियन एम्बाप्पे र मार्को भेराटी बिनै मोनाकोको भ्रमण गरेको पीएसजी पराजित भएको हो ।

हारपछि डिफेन्डर प्रेसनेल किम्पेम्बेले मेगाफोनबाट माफी मागेका थिए । पीएसजीले यो वर्ष खेलेका लिगका सातमध्ये तीन खेल गुमाएको छ । गत बुधबार पीएसजी मार्सेसँग पराजित हुँदै फ्रेन्च कपबाटै बाहिरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button