१३ कार्तिक २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
श्रीलंकाका नव निर्वाचित राष्ट्रपतिले गरे संसद विघटन, नोभेम्बर १४ मा निर्वाचन घोषणा
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियअर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारनिर्वाचन विशेषमुख्य समाचारराजनीतिसफलताको कथासूचना / प्रबिधि

श्रीलंकाका नव निर्वाचित राष्ट्रपतिले गरे संसद विघटन, नोभेम्बर १४ मा निर्वाचन घोषणा

चितवन। श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा देशानायकेले तत्काल आम निर्वाचन गराउने भन्दै संसद विघटन गर्नुभएको छ । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आम निर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् । श्रीलंकामा पछिल्लो संसदअधिवेशन अगस्ट २०२० मा बोलाइएको थियो । संसद विघटन निर्वाचन घोषणा समयभन्दा ११ महिना अगाडि भएको छ ।Nepal Himalayas Tours and Travel

राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भएमा तत्काल संसदविघटन गर्ने कुरा स्पष्ट पारेका थिए । गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसानायकेले संसद भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् । श्रीलंकाको नवौं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेपछि उनले लोकतन्त्रको रक्षा र नेताहरूको सम्मान पुनर्स्थापना गर्नको लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।

साथै, उनले आफ्नो उद्देश्य देशलाई आर्थिक संकटबाट निकाल्ने भएको बताएका थिए । उनले भने, ‘म जादूगर होइन, म यो देशमा जन्मेको एक आम नागरिक हुँ । मसँग क्षमता र असक्षमता छ । मलाई केही कुरा थाहा छ र केही कुरा थाहा छैन । मेरो पहिलो काम भनेको जनताको प्रतिभालाई सदुपयोग गर्नु र यो देशको नेतृत्व गर्न राम्रो निर्णय गर्नु हो । सामूहिक जिम्मेवारीमा योगदानकर्ता बन्न चाहन्छु ।’

संसद विघटन भएपछि कार्यवाहक मन्त्रीको रूपमा पनि काम गर्नुहुनेछ । वर्तमान मन्त्रिपरिषद् श्रीलंकाको इतिहासमा सबैभन्दा सानो मन्त्रीमण्डल हुनेछ । शनिबार भएको राष्ट्रपतीय निर्वाचन घोषणा देशानायके विजयी हुनु भएको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button